अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउँदै

न्युयोर्क । अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा यसै साता थप सुरक्षाकर्मी पठाउने भएका हुन् ।
अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।
अमेरिकी परिचालनलाई रुसले विनाशकारी भनेको छ ।
रसियाले युक्रेन अतिक्रमणको योजनामा गरेको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
आठ वर्षअघि रुसले युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो भूभागमा बिलय गराउन सफल भएको थियो ।
युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रसियाले आरोप लगाउँदै आएको छ । दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् ।
विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया