चुनावका लागि नेपाल प्रहरीलाई १४ अर्ब बजेट र १४ सय गाडी आवश्यक

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा योजना तयार पार्न निर्दैशन दिएसँगै नेपाल प्रहरीले ठूला साना गरी एक हजार चार सय गाडी मागेको छ । सञ्चार सेट लगायतका उपकरणसहित नेपाल प्रहरीले आवश्यक पर्ने एक हजार चार सय गाडी मागेको हो ।
प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार करिब ७ सय सञ्चार सेट, म्यादी प्रहरी भर्ना र आवश्यक बन्दोबस्तीको सामाग्रीसहित करिब १४ अर्ब बजेटको समेत प्रस्ताव गरेको छ । ‘हामीले आवश्यक पर्ने सवारी साधान र अन्य बन्दोबस्तीको समानाको प्रस्ताव गृहमन्त्रालयमा पेश गरिसकेका छौ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो ।
मन्त्रालयले बुधबार मात्रै केन्द्रीय सुरक्षा समितिको बैठक राखेर आवश्यक सुरक्षा योजना तयार गर्न मातहत सुरक्षा अंगलाई निर्दैशन दिएको थियो । यसअघि पनि सुरक्षा समितिको बैठकमा मन्त्रालयले आवश्यक बन्दोबस्तीको सामानाबारे सुरक्षा निकायसँग चासो राखेको थियो ।
गृहमन्त्रालयले दिनहु जसो नै पूर्वतयारीका लागि औपचारिक अनौपचारिक रुपमा सरोकारवालासँग छलफल गरिरहेको छ । त्यसक्रममा प्रहरी प्रधानकार्यालयले आफ्नो खाका पेश गरेको हो ।
केही समयदेखि गृहमन्त्री बालकृष्ण खाण, संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव , अर्थसचिव, संघीय मामला सचिव, परराष्ट्रसचिव, सेनाका रथी बालकृष्ण कार्की, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालगायतको औपचारिक अनौपचारिक बैठक बस्ने गरेको छ ।
बैठकमा सुरक्षा निकायका अधिकारीहरूले निर्वाचनका लागि आवश्यक स्रोत–साधनको आँकलन पेस भैसकेको र त्यसको जानकारी अर्थमन्त्रालयलाई गराइसकेको पनि गृहका अधिकारीहरुले बताएका छन् ।
नेपाल प्रहरीले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि हतियारदेखि गाडीसम्मको माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गत पुसमा पेश गरेको प्रस्ताव अनुसार निर्वाचनका लागि साना र ठूला गरेर एक हजार चार सय थप गाडी आवश्यकता रहेको उल्लेछ । त्यसमध्ये कतिपय खरिद तथा कतिपय भाडामा लिन सकिने उल्लेख छ ।
निर्वाचनका लागि हतियारसमेत अपुग रहेको भन्दै प्रहरीले खरिदको प्रस्ताव पनि गरेको छ । केही साना हतियार र केही ठूला तथा अत्याधुनिक हतियार आवश्यक रहेको प्रहरीले उल्लेख छ । प्रहरी प्रधानकार्यालयका अनुसार त्यस्तै, करिब ६ सय सञ्चार सेटसमेत माग गरेको छ । प्रहरीले दिएको विवरणअनुसार कुनै पनि निर्वाचन एकै चरणमा गर्नुपरे सात हजार सुरक्षाकर्मीको अभाव हुन्छ ।
९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ । कम्तीमा एक साताको फरकमा दुई चरणको निर्वाचन भए जनशक्ति पर्याप्त हुने र म्यादी प्रहरी पनि कम आवश्यक हुने प्रहरीले जनाएको छ । यद्यपि सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चुनावका निम्ति १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ती गर्ने योजना छ । जसका निम्ति ७ अर्ब रुपैयाँ खर्च रुपैयाँ अनुमान गरिएको छ । अघिल्लो पटक चुनाव हुँदा ९८ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । उनीरुलाई दुई महिना जति चुनावी सुरक्षामा खटाइनुपर्ने हुन्छ ।













ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया