जनमत पार्टी फेरि राजमार्ग केन्द्रीत आन्दोलनमा
पूर्व–पश्चिम राजमार्ग बन्द

जनकपुरधाम । मधेसमा जनमत निर्माणको भगिरथ कोसिसमा लागिरहेको सिके राउत नेतृत्वको जनमत पार्टी आजदेखि फेरि राजमार्ग केन्द्रीत आन्दोलनमा उत्रेको छ । केही दिन यता उसको आन्दोलन तराईमा कमजोर बन्दै गईरहेका बेला आजदेखि फेरि उसले पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।
मधेसमा उसले आफनो जनमत बलियो बनाउने प्रयासमा विभिन्न खालका आन्दोलन गरिरहेको छ । अहिले उसले किसानका माग लिएर आन्दोलन गरिरहेको छ । किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ ।
आज विहानैदेखि राजमार्ग जनमत पार्टीको बन्दका कारण पूर्व पश्चिम राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीयबाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् ।
अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया