प्रदेश १ को नाममा माओवादीले दियो दुई विकल्प
मेरोन्यूज
२०७८ माघ २० गते ११:२६

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।
‘किरात’ नाममाथि कुनै पनि हालतमा सहमति नभएको अवस्थामा भने समझदारी कायम गर्न ‘‘किरात–कोशी वा कोशी–किरात’ प्रदेश नामलाई अघि सार्ने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ ले बताए ।
माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।
तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी माओवादीले ‘किरात प्रदेश’ प्रस्ताव गरेको जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरू भने सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया