सोमबार, पुष १४, २०८२

समयमै चुनाब गराउन अनेरास्ववियुको सरकारलाई ध्यानाकर्षण

मेरोन्यूज २०७८ माघ २० गते १२:०७

काठमाडौं । एमाले निकट विद्यार्थी अनेरास्ववियुले समयमै चुनाव गराउन सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुनिता बराल नेतृत्वको टोली आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेर सरकारको ध्यानाकर्षण गराएको हो ।

चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रतिक्रिया