सोमबार, पुष १४, २०८२

ललाई फकाई बालिका बलात्कार गर्ने रामदेव समातिए

मेरोन्यूज २०७८ माघ २० गते १३:४१

मोरङ । बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया