गायक हनी सिंहमाथि अश्लिलता फैलाएको आरोप

काठमाडौं । भारतीय र्यापर हनी सिंहको अदालती मुद्दा र प्रहरीसँग पुरानो सम्बन्ध छ । कहिले घरेलु हिंसा मुद्दा त कहिले अश्लिल गीत गाएको आरोपमा उनी प्रहरी नियन्त्रणमा परिरहन्छन् ।
हालै मात्र पनि महाराष्ट्रको नागपुरस्थित जिल्ला अदालतले गायक हनीलाई ‘भ्वाइस स्याम्पल’ दिन भनेको छ ।
अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल बुझाउन निर्देशन दिएको हो । हनीमाथि गीतका माध्यमबाट अश्लिलता फैलाएको आरोप लागेको छ ।
जिल्ला र अतिरिक्तसत्र न्यायाधीश एसएएसएम अलीले २७ जनवरीमा हनीलाई ४ देखि ११ फेब्रुअरीसम्म नागपुरको पंचपौली प्रहरी थानामा हाजिर हुन आदेश दिएका थिए ।
अदालतले हनीद्वारा दर्ता गराएको एक निवेदनमा सुनुवाई गर्दै यो आदेश दिएको हो । हनीले आफूमाथि विदेश यात्रामा लगाइएको सर्तमा पनि कटौतीको माग गरेका थिए ।
अदालतले हनीलाई २९ जनवरीदेखि ४ फेब्रुअरीसम्म दुवईको यात्रा गर्न अनुमति दिँदै ४ फेब्रुअरीदेखि ११ फेब्रुअरीबीच प्रहरी थानामा हाजिर हुन भनेको छ । हनीको आवेदनप्रति अनुसन्धान अधिकारीले विरोध गर्दै गायक २५ जनवरीमा प्रहरी थानामा उपस्थित हुनुपर्नेमा त्यहाँ नआएकोमा आपत्ति जनाएका थिए ।
अनुसन्धान अधिकारीहरूले गायकले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएका छन् । पञ्चपौली प्रहरीले आनन्दपाल सिंह जब्बलको उजुरीका आधारमा गायकविरुद्ध धारा २९२ (अश्लिल सामग्री बिक्री, वितरण) र आइपीसी तथा सूचना प्रौद्योगिकी अधिनियमको अन्य सम्बन्धित प्रावधान अनुसार उजुरी दर्ता गराएको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया