बिहीबार, चैत ५, २०८२

भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय

मेरोन्यूज २०७८ माघ २० गते १४:४१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।

तर, नगरपालिकाको १८ माघ बसेको बैठकले २३ माघदेखि भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ ।

‘गोकर्णेश्वर नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा मागअनुसार शिक्षा समितिको मिति २०७८/१०/१८ को बैठकले नगरपालिकाभित्रका सबै विद्यालय शिक्षालय सामाजिक एवं भौतिक दूरीको पालनासाथ स्वास्थ्य र सुरक्षाका सवै मापदण्डहरूलाई पालना गरी पूर्ण सतकता र सजगतालाई अवलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मिति २०७८/१०/२३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसारै विद्यालय सञ्चालन गर्ने गराउने सम्बन्धमा उपयुक्त एवं भरपर्दो र विश्वसनीय वातावरण मिलाउन हुन सबैमा अनुरोध गरिन्छ,’ विद्यालयलाई नगरपालिकाले गरेको परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया