मंगलबार, वैशाख २२, २०८३

विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू

मेरोन्यूज २०७८ माघ २० गते १४:५३

काठमाडौं । नेपालमा अनलाइनमार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पतालहरूमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरू गरेको छ ।

Advertisement
NiccNicc

कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इ–सेवासँगको सहकार्यमा एभरेष्ट हस्पिटल नयाँबानेश्वर, इशान बाल तथा महिला अस्पताल बसुन्धरा काठ्माडौँ, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर पोखरा तथा राप्ति लाइफ केयर हस्पिटल तुल्सिपुरमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात गरेको हो ।

यी सबै अस्पतालहरु ई–अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवा लिन सकिनेछ ।

योसँगै अबदेखि यी अस्पतालहरुमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवाको मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ ।

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ ।

कोजेन्ट हेल्थ प्रालिले कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेबजस्ता प्रविधिहरु नेपालभरका एक सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया