नेप्सेमा उचारचढाव, आज फेरि दोहोरो अंकको गिरावट

काठमाडौं । केही दिनयता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उतारचढाव देखिएको छ ।
अघिल्लो साताभर नै ओरालो लागेको नेप्से यो साता सुधार देखिए पनि आशातित सुधार भने देखिएको छैन । यो साताको पहिलो दिन हरियाली देखिएको नेप्से घट्ने र बढ्ने कायमै छ ।
साताको कारोबारको पाँचौं दिन आज विहीबार पुनः दोहोरो अंकको गिरावट आएको छ ।
आज नेप्से १४.५८ अंकले घटेर दुई हजार ८ सय ७६ दशमलव ७५ विन्दुमा रोकिएको छ ।
नेप्सेका अनुसार विहीबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
त्यस्तै, आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, विहीबार नेप्से घटेपनि कारोबार रकम भने उच्च वृद्धि भएको छ । आज ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा विहिबार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीले ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।















कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया