सन्धिखर्क खाने पानीले घटायो न्यूनतम महसुल
मेरोन्यूज
२०७८ माघ २० गते १८:३२
अर्घाखाँची । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।
दुई रुपैयाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुने गरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
बैठकले संस्थाको पाचौँ अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णयसमेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घर परिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा खाने पानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया