सन्धिखर्क खाने पानीले घटायो न्यूनतम महसुल
मेरोन्यूज
२०७८ माघ २० गते १८:३२
अर्घाखाँची । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।
दुई रुपैयाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुने गरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
बैठकले संस्थाको पाचौँ अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णयसमेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घर परिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा खाने पानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।
सम्बन्धित















कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भएमा इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया