आन्दोलित जनमत पार्टीका कार्यकर्ता घाइते
मेरोन्यूज
२०७८ माघ २० गते १८:५६

सप्तरी । जनमत पार्टीको राजमार्ग केन्द्रीत आन्दोलनको क्रममा सप्तरीको भारदहमा भएको झडपमा हनुमाननगर कंकालनी नगरपालिकाका जनमत पार्टीका सचिव शंकर खड्गा गम्भीर घाइते भएका छन् ।
आन्दोलनको क्रममा प्रहरीले लखेटेपछि भाग्ने क्रममा प्रहरीले बुटले हान्दा खुट्टाको हड्डी फ्याक्चर भएको जनमत पार्टीकी नेतृ सुशीला यादवले बताइन् ।
खड्गाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो एक महिनादेखि किसानको पक्षमा ११ बुँदै माग राखेर जनमत पार्टीले सडक संघर्ष गर्दै आएको छ ।
तर, सरकारले आफूहरूका माग सम्बोधन नगर्दा आजदेखि पुनः राजमार्गमा हडताल सुरु गरेको उक्त पार्टीकी नेतृ यादवको भनाई छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया