चीन विरोधी गतिविधिमा सक्रिय गिरोह प्रहरी निगरानीमा

काठमाडौँ । चीन विरोधी गतिविधि गरिरहेको ‘राष्ट्रिय एकता अभियान’ नामक संस्थाबारे सुरक्षा निकायले अध्ययन अनुसन्धान गरिरहेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीले यो संस्था र संस्थाका नेतृत्वकर्ता विनयकुमार यादवको पिछा गरिरहेका हुन् ।
प्रहरी मुख्यालय नक्साल स्रोतका अनुसार बरा परवानीपुर स्थायी ठेगाना भएका यादवको नेतृत्वमा चिनियाँ राष्ट्रपति सि जिन पिङ र नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीका तस्बिर जलाउने गतिविधि तराईका विभिन्न स्थानमा भइरहेका छन् । काठमाडौँ उपत्यकामा पनि त्यस्ता गतिविधि गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले पिछा गरिरहेको प्रहरीका एक अधिकारीले जानकारी दिए ।
ती प्रहरी अधिकारी भन्छन्, ‘दक्षिणी छिमेकी मुलुकसँग नजिक रहेर चिनियाँ गतिविधि गरिरहेको भेटिएपछि हामीले पिछा गरिरहेका छौँ ।’ यादवसँगै संस्थामा मोरङका आरपी मैनाली र राजन अधिकारी, झापा गरामुनीका गजेन्द्र राजवंशी तथा सन्तोष पाठक सक्रिय रहेको पत्ता लगाउँदै प्रहरीले उनीविरुद्ध निगरानी गरिरहेको छ । उनीहरूले प्रयोग गर्ने मोबाइल नम्बर ट्रयाकमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरी स्रोत बताउँछ ।
यादव र मैनाली यसअघि पनि विभिन्न चीन विरोधी गतिविधिमा संलग्न रहेको तथ्य आफूहरूले फेला पारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार यसअघि उनीहरू मधेस आन्दोलनका क्रममा राज्यको नीति विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेर छुटेका थिए ।
स्रोतका अनुसार प्रहरीले चीनमा अहिले विन्टर ओलम्पिक हुन लागेको र त्यसको विरोधमा चिनियाँ राजदूतावास अगाडि र अन्य चिनियाँ एजेन्सीहरूमा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको सूचनाका आधारमा निगरानी राख्ने काम गरिरहेको छ । त्यसमा प्रहरी मात्रै होइन, सशस्त्र र अनुसन्धान विभाग पनि लागिरहेको स्रोतहरूले उल्लेख गरेका छन् ।











रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया