चीन विरोधी गतिविधिमा सक्रिय गिरोह प्रहरी निगरानीमा

काठमाडौँ । चीन विरोधी गतिविधि गरिरहेको ‘राष्ट्रिय एकता अभियान’ नामक संस्थाबारे सुरक्षा निकायले अध्ययन अनुसन्धान गरिरहेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीले यो संस्था र संस्थाका नेतृत्वकर्ता विनयकुमार यादवको पिछा गरिरहेका हुन् ।
प्रहरी मुख्यालय नक्साल स्रोतका अनुसार बरा परवानीपुर स्थायी ठेगाना भएका यादवको नेतृत्वमा चिनियाँ राष्ट्रपति सि जिन पिङ र नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीका तस्बिर जलाउने गतिविधि तराईका विभिन्न स्थानमा भइरहेका छन् । काठमाडौँ उपत्यकामा पनि त्यस्ता गतिविधि गर्ने तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले पिछा गरिरहेको प्रहरीका एक अधिकारीले जानकारी दिए ।
ती प्रहरी अधिकारी भन्छन्, ‘दक्षिणी छिमेकी मुलुकसँग नजिक रहेर चिनियाँ गतिविधि गरिरहेको भेटिएपछि हामीले पिछा गरिरहेका छौँ ।’ यादवसँगै संस्थामा मोरङका आरपी मैनाली र राजन अधिकारी, झापा गरामुनीका गजेन्द्र राजवंशी तथा सन्तोष पाठक सक्रिय रहेको पत्ता लगाउँदै प्रहरीले उनीविरुद्ध निगरानी गरिरहेको छ । उनीहरूले प्रयोग गर्ने मोबाइल नम्बर ट्रयाकमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरी स्रोत बताउँछ ।
यादव र मैनाली यसअघि पनि विभिन्न चीन विरोधी गतिविधिमा संलग्न रहेको तथ्य आफूहरूले फेला पारेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार यसअघि उनीहरू मधेस आन्दोलनका क्रममा राज्यको नीति विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेर छुटेका थिए ।
स्रोतका अनुसार प्रहरीले चीनमा अहिले विन्टर ओलम्पिक हुन लागेको र त्यसको विरोधमा चिनियाँ राजदूतावास अगाडि र अन्य चिनियाँ एजेन्सीहरूमा विरोध प्रदर्शन गर्ने तयारी भइरहेको सूचनाका आधारमा निगरानी राख्ने काम गरिरहेको छ । त्यसमा प्रहरी मात्रै होइन, सशस्त्र र अनुसन्धान विभाग पनि लागिरहेको स्रोतहरूले उल्लेख गरेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया