सोमबार, पुष १४, २०८२

व्यापारी साझेदारहरूको हत्या आरोपीसहित ३ जना सार्वजनिक

मेरोन्यूज २०७८ माघ २१ गते १२:३२

काठमाडौँ । आफ्ना व्यापारी साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डललाई प्रहरीले सार्वजनिक गरेको छ । उनीसहित तीन जनालाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो ।

प्रहरीले आज बिहान पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका २१ स्थायी घर भई काठमाडौँको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक गरेको हो । जसमा मण्डल मुख्य आरोपी हुन् ।

कारोबारको रकम आफू मात्रै लिने उद्देश्यले उनले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका १२ ठेंचोस्थित एक गोदाम घरको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया