वर्षा र हावाहुरीले मधेश प्रदेशसभाको वार्षिकोत्सव स्थगित

जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको छ ।
शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्च नै पटक पटक बिगारेपछि कार्यक्रम नै स्थगित गरिएको हो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सभाको वार्षिकोत्सवमा प्रदेश सभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलहरूमा विजेता सांसदहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको थियो ।
त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको मा सहभागी सांसदहरूलाई सभामुख सरोज कुमार यादवले बताए ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी घर फर्केका थिए ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया