वर्षा र हावाहुरीले मधेश प्रदेशसभाको वार्षिकोत्सव स्थगित

जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको छ ।
शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्च नै पटक पटक बिगारेपछि कार्यक्रम नै स्थगित गरिएको हो ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सभाको वार्षिकोत्सवमा प्रदेश सभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलहरूमा विजेता सांसदहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको थियो ।
त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको मा सहभागी सांसदहरूलाई सभामुख सरोज कुमार यादवले बताए ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी घर फर्केका थिए ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया