नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुनकोे निरन्तरता

काठमाडौं । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।
गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।
नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा विहीबार आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. महाविर पुनबीच ब्राण्ड एम्बेस्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बसडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
नेपाल बैंकले देशभर २१३ शाखाहरु, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिइरहेको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया