नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुनकोे निरन्तरता

काठमाडौं । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेस्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।
गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।
नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा विहीबार आयोजित समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. महाविर पुनबीच ब्राण्ड एम्बेस्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा एम्बेस्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बसडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
नेपाल बैंकले देशभर २१३ शाखाहरु, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिइरहेको छ ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया