राष्ट्रियसभाकाे विशेष पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रियसभा र त्यस अन्तरगतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ ।
पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी काँग्रेस, भारतको माथिल्लो सदन र अष्ट्रेलियाका संसद र संसदीय प्रणालीहरुको अनुभव समेत समेटिएको छ ।
शुक्रबार सिंहदरवारमा आयोजित सो पुस्तकको छलफल कार्यक्रममा बोल्दै संसद सचिवालयमा महासचिव भरतराज गौतमले राष्ट्रियसभा र यसका समितिहरुका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले पुस्तकमा राष्ट्रियसभा र त्यसका समितिहरुमा विधेयकका बारेमा हुने छलफल, समितिका सभापतिहरुको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवहरुलाई समेत समेटिएको बताए ।
राष्ट्रियसभा अन्तरगत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन भने संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्त समितिको रुपमा रहेका छन् ।
ती सबै समितिका सभापतिहरुको अनुभूति पुस्तकमा समावेश गरिएको छ । त्यसैगरी पुस्तकमा सांसदहरुले समितिमा काम गर्दाको समितिगत प्रणालीबारे पनि जानकारी दिने प्रयास गरेका छन् ।
राष्ट्रियसभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रियसभा र त्यसका समितिहरुका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार नै आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारील ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक विमोचन गरेकी थिइन् ।

















रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया