सोमबार, पुष १४, २०८२

हावाहुरीले घरटहरा उडाएपछि प्रहरीले बाड्यो राहत सामग्री

मेरोन्यूज २०७८ माघ २१ गते २१:०३

काठमाडौं । पर्साको पकाहा मैनापुर ४ को मुसहर टोलमा हावाहुरीले घर टहरा उडाएर क्षति पुगेपछि जिप्रका पर्साले त्रिपाल लगायतकार राहात सामाग्री वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट पठाएका राहत सामग्री पर्साको प्रहरी चौकी खेसाहाले वितरण गरेको हो ।
हावाहुरीले घर उडाएर क्षति पुगेका बिपन्न नौ घर माझी परिवारलाई त्रिपाल, कपडा लगायतका राहत सामग्री प्रदान गरेको प्रहरी चौकी खेसाहाले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय पोखरीयाले पनि उनीहरुलाई विस्कुट लगायतका खाद्य सामग्री सहयोग गरेको छ ।
शुक्रबार आएको हावाहुरीले मधेसका जिल्लाहरुमा घर टहराहरु उडाउनुका साथै तीन जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया