मंगलबार, पुष १५, २०८२

घले गाउँमा हिउँ खेल्न पर्यटकको भिड

मेरोन्यूज २०७८ माघ २२ गते १३:११

काठमाडौँ । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटक पुगेका छन् । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीँशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटक पुगेका हुन् ।

वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरूमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।

हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेको हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् ।

सुख्खा जमिनमा हिम वर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटीसमेत उम्रने स्थानीय गमल बिकको भनाई छ । घलेगाउँसँगै मस्र्याङदीको सिउरुङ, हर्सिङ डाँडालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पूरै सेताम्मे देखिएका छन् ।

प्रतिक्रिया