वर्षाले सिरहामा १५ करोडको काँचो इँटा नष्ट

काठमाडौँ । बिहीबारदेखि परेको वर्षाले सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इँटासमेत गलेको छ ।
इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।
संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इँटामा गलेको जानकारी दिए । उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इँटा गलेर नष्ट भएका छन् । उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इँटा काम नलाग्ने गरी गलेको सुनाए ।
हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । उद्योगबाट निस्कदा एउटा ईटालाई कतिर तीन रुपैयाँ पर्ने व्यसायीहरूले बताएका छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया