गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’– समदानीले भने ।
लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो ।
केही दिनअघि उनका फ्यानले भगवान रामको जन्मभूमि अयोध्यामा लताको स्वास्थ्य लाभको कामना गर्दै महामृत्युञ्जय मन्त्र जप गरेका थिए । यसअघि उनको परिवारले नै भगवान शिवको पुजा गरेका थिए ।
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् । उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया