दुर्घटनाका घाइते डिकबहादुरको पीडाः प्रहरीले गाडी पहिचान गर्न नसक्दा उपचारमा सकस

झापा । बिर्तामोड–१ का डिकबहादुर विश्वकर्मा ३० कात्तिकमा दसैं मनाएर बिराटचोकबाट घर फर्कँदै थिए । उनी सवार मे८प ५२९८ नम्बरको स्कुटरलाई नम्बर नखुलेको कारले दमक चोकमा ठक्कर दियो ।
ठक्करबाट उनको दायाँ खुट्टामा गम्भीर चोट लाग्यो । खुट्टा अहिले पनि राम्रोसँग चल्दैन । दुर्घटनापछि उनले बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लामो उपचार गराए । उपचार गराउँदा उनको तीन लाख खर्च भयो ।
‘ठक्कर दिएपछि खुट्टामा चोट लागेको छ । वि एण्ड सीले अस्पतालमै बसेर उपचार गराउनु भन्दै थियो । पैसा नएकाले मैले घर पनि नजिकै छ भनेर घरमै धाउन थाले,’ उनी भन्छन्, ‘ऋण काढेर निकालेको तीन लाख रकम सकियो। महँगो औषधी खाइरहनुपरेको छ । निकै गाह्रो छ ।’
ठक्कर दिने कारको रंग थाहा छ उनलाई । तर, दुर्घटनामा पर्दा उनले कारको नम्बर भने ख्याल गर्न सकेनन् । ‘दमकमा सेतो कारले ठक्कर दियो । कार हाइवे दक्षिणबाट आइरहेको थियो । ठक्कर दिएर कार भाग्यो,’ उनी भन्छन्, ‘त्यति देखेँ । त्यहाँबाट म बेहोस भएँ । केही थाहा छैन ।’
अपरान्ह २ बजे उनलाई कारले ठक्कर दिएको थियो । ठक्कर लगत्तै इलाका प्रहरी कार्यालयमा उनले जाहेरी पनि दिए । तर, प्रहरीको बेवास्ता गर्दा कारको पहिचान हुन नसकेको उनको गुनासो छ । ‘प्रहरी कार्यालय त कति धाएँ–धाएँ ।
सिडिओ कार्यालयसम्म निवेदन पनि दिएँ,’ उनी भन्छन्, ‘प्रहरीले वास्ता नै गरेन । जसका कारण म समस्यामा छु ।’
डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्छ भनेका छन् । तर, उनले आफूसँग रकम नभएकाले अप्रेसन गर्न सक्ने आट जुटाउन नसकेको बताएका छन् ।
‘मलाई उपचार खर्च दिए हुन्छ भन्ने हो । उपचार नपाएर म अपाङ्ग हुन नपरोस् भन्ने हो । घटना भएको तीन महिना हुन लाग्यो । दुर्घटना भएकै दिन जाहेरी दिएको थिएँ,’ विश्वकर्मा भन्छन्, ‘दमक चोकमा सिसिटिभी त होला नि ? कर कार्यालयमा होला ? प्रहरीले वास्तै गर्दैन ।’
उनले प्रहरीको बेवास्ताका कारण ठक्कर दिने सवारी कुनै पहुँचवाला व्यक्तिको भएको हुनसक्ने अनुमान गरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय दमकले भने खोजी गरिरहँदा पनि नभेटिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले प्रयास गर्दा पनि नभेटिएको बताए ।
‘दुर्घटना नभएको स्थानमा सिसी क्यामेराले पनि क्याच नगर्ने रहेछ । हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘कर कार्यालयको सिसिटिभीले पनि गेटसम्म देखाउने रहेछ । बाटोमा हिँडेको देखाएर । यसमा हामी गम्भीर छौँ । खोजी गरिरहेका छौँ ।’














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया