एमसीसीमा फागुन १६ को डेटलाइन
प्रधानमन्त्री र माओवादी अध्यक्षलाई एमसीसीको पत्र
एमसीसी मुख्यालयको तर्क : फागुन १६ भित्रै संसदवाट अनुमोदन हुने विश्वास, संशोधन अव असम्भव

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई अमेरिकी सहयोग नियोग एमसीसीले पत्र पठाएको छ । माघ २१ गते शुक्रवार सत्तारुढ यी दुई दलका नेतालाई एमसीसी मुख्यालयले पत्र लेखेको हो । पत्रमा दुवै नेताले दिएको समयासिमाभित्रै एमसीसी सँगको अनुदान सम्झौता नेपालको संसदवाट पारित हुने विश्वासमा अमेरिका रहेको उल्लेख गरिएको छ ।
गत असोज १३ मा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त पत्र लेखेर एम्सीसी पारित गर्न ५ महिना पर्खिन आग्रह गरेको स्मरण गदै एमसीसी मुख्यालयले माघ २१ मा दुवै नेतालाई लेखेको जवाफी पत्रमा निर्धारित समयसिमाभित्रै एमसीसी कम्प्इाक्ट सम्झौता सदनवाट पारित हुनेमा विस्वस्त रहेको उल्लेख गरिएको छ ।
देउवा र प्रचण्ड आफैले दिएको म्याद फेब्रअरी २८ (फागुन १६) भएको स्मरण पनि एमसीसीले पत्रमा गराएको छ । त्यसको खुलासा एक राष्टिय दैनिक पत्रिकालाई अन्र्तावार्ता दिँदै एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले गरेकी छिन् । उनले भनेकी छिन्, –‘हामीले गत सेप्टेम्बर २९ (असोज १३) मा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबाट संयुक्त पत्र प्राप्त गरेका थियौं । जसमा राजनीतिक सहमति प्राप्त गर्न र संसद्बाट सम्झौतालाई अनुमोदन गर्न ४ देखि ५ महिनाको समय लागि अनुरोध गरिएको थियो । उक्त चिठीलाई लिएर एमसीसीले शुक्रबार (माघ २१) प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई पत्र बुझाएको छ । उहाँहरूको प्रतिबद्धतालाई लिएर एमसीसीले धन्यवाद पनि दिएको छ ।’
अव एमसीसी अनुमोदनका लागि फागुन १६ को डेटलाइनसम्म अमेरिका कुरेर वसेको पनि एमसीसी मुख्यालयले बताएको छ । एमसीसीले अव कुनै पनि वुँदामा संशोधन सम्भव नभएको पनि प्रष्टाएको छ । उसले नेपालको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसदवाट अनुमोदन गराउने विषयमा सम्झौता गरेको र त्यही अनुसार संसदमा अनुमोदनको कुरा आएको भन्दै अव त्यसमा कुनै संशोधन सम्भव नभएको तर्क गरेको छ ।
तर नेपालको सत्तारुढ दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता अहिलेको अवस्थामा जस्ताको तस्तै पािरत गर्ने पक्षमा छैन । यी दुइृ दलले संशोधन विना एमसीसी पारित गर्न नसकिने पार्टी नीति नै बनाएका छन् । सोही कारण प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी सदनवाट अनुमोदनको प्रयास गर्दा पनि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असहमति जनाईरहेका छन् ।
उनीहरुसँग प्रधानमन्त्रीले के -के बुँदामा असहमति रहेको भन्दै ति वुँदा पनि माग गरेका थिए । देउवाले ति विषयमा एमसीसीसँग कुरा गर्ने भनेपनि एमसीसी मुख्यालयले भने अव सम्झौतामा कुनै संशोधन नहुने प्रष्टाएको छ । कान्तिपुर दैनिकलाई आइतबार दिएको अन्र्तवार्तामा पनि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले अव संशोधन सम्भव नभएको प्रष्टै बताएकी छिन् ।
‘सबै प्रावधानहरूमा सहमत भएर नै ४ वर्षअघि सेटेम्बर १४, २०१७ मा नेपाल सरकारले सम्झौतामा हस्ताक्षर गरेको हो । अहिले आएर कुनै पनि बुँदामा संशोधन गर्न सम्भव छैन ’, सुमारले अन्र्तवार्ताका क्रममा भनेकी छिन् । सुमार तिनै हुन्, जसले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् । नेपालमा रहँदा उनले नेपालका सवै जसो राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरेर एमसीसी छिटो अनुमोदन गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अमेरिका पुगेर पनि उनी नेपालका नेताहरुसँग निरन्तर भर्चुअल सम्वादमा छिन् ।

फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदन नभए मार्च २२ (चैत ८) मा बस्ने एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैंठकले यसवारेमा निर्णय लिने पनि सुमारले बताएकी छिन् ।
ऊर्जा र सडक पूर्वाधार विकासका लागि ५०० मिलियन अमेरिकी डलर अनुदानबारे एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । देउवा नेतृत्वको सरकारले सम्झौता गरेको डेढ वर्षपछि २०७५ माघ २५ मा केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय गरेको थियो । कानुन मन्त्रालयको सिफारिसमा अर्थमन्त्री युवराज खतिवडाले २०७६ असार ३० मा सम्झौता प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराएका थिए ।
त्यसपछि उक्त सम्झौता संसदमा पेश हुन सकिरहेको छैन । तत्कालिन सभामुख कृष्णवहादुर महरा र अहिलेका सभामुख अग्नि सापकोटाले दलहरुका वीचमा राष्टिय सहमति नभएसम्म संसदमा नलैजाने अडान लिएका कारण यो संसदमा पेश हुन सकेको छैन ।
देशभित्र एमसीसीलाई लिएर राजनीतिक दल र जनताका वीचमा पनि तिव्र धुव्रिकरण भएको छ । यसका कतिपय वुँदा नेपालको राष्टिय हति विपरित रहेको भन्दै एमसीसीको विपक्षमा जनमत वलियो बन्दै गईरहेको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया