मंगलबार, पुष १५, २०८२

हिमपातले हवाई सेवा अवरुद्ध

मेरोन्यूज २०७८ माघ २३ गते ११:०२

काठमाडौँ । गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमिकोटको हवाई सेवा अवरुद्ध भएको छ । विमानस्थलमा बाक्लो हिउँ जमेको छ ।

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।

प्रतिक्रिया