बालुवाटारमा ओलीसहित तीन शीर्ष नेताको छलफल सुरु
सरकारबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन शीर्ष नेताको छलफल सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको बैठकमा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
पछिल्लो पटक अमेरिकी सहयोग परियोजना एमसीसीको विषय गम्भीर बनेपछि तीन नेताबीच छलफल थालिएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन् ।
एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक गम्भीर मोडमा पुगेको छ ।
एमसीसी प्रचण्डलेसमेत पास गर्न लागेको कुरा पत्रमार्फत सार्वजनिक भएपछि सत्ता गठबन्धनमा पनि असन्तुष्टी बढेको छ ।
पत्रमा एमसीसी पास गर्ने प्रतिवद्धता जनाइएको छ ।
एमसीसीलाई लेखिएको पत्र सार्वजनिक भएपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेटन विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार नै पुगेक ाथिए । दुई नेतावीच पत्र सार्वजनिक भएको विषयमा केही वेर छलफल भएको थियो । त्यसपछि देउवाले माघ २६ मै एमसीसी अगाडी वढाउन आफु लागेको बताएका थिए । प्रचण्डले भने राष्टिय सहमति नखोजी अगाडी जान नसक्ने बताएका थिए । तयसपछि त्यही छलफलवाटै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई टेलिफोन गरेर बालुवाटार बैठकको निम्तो गरेका थिए ।
त्यसपछि साँझ प्रधानमन्त्रीको आह्रवानमा प्रचण्ड र ओली सहित छलफल शुरु भएको हो ।
तीन शीर्ष नेताहरुबीचको बालुवाटर वैठकमा एमालेका महासचिव शंकर पोखरेल र सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
















लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया