शनिबार, माघ ३, २०८२

बालुवाटारमा ओलीसहित तीन शीर्ष नेताको छलफल सुरु

सरकारबाट बाहिरिएपछि ओली पहिलो पटक बालुवाटारमा

मेरोन्यूज २०७८ माघ २३ गते १६:२६

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन शीर्ष नेताको छलफल सुरु भएको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा ओलीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

पछिल्लो पटक अमेरिकी सहयोग परियोजना एमसीसीको विषय गम्भीर बनेपछि तीन नेताबीच छलफल थालिएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक बालुवाटार प्रवेश गरेका हुन् ।

एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक गम्भीर मोडमा पुगेको छ ।
एमसीसी प्रचण्डलेसमेत पास गर्न लागेको कुरा पत्रमार्फत सार्वजनिक भएपछि सत्ता गठबन्धनमा पनि असन्तुष्टी बढेको छ ।

पत्रमा एमसीसी पास गर्ने प्रतिवद्धता जनाइएको छ ।

एमसीसीलाई लेखिएको पत्र सार्वजनिक भएपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेटन विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार नै पुगेक ाथिए । दुई नेतावीच पत्र सार्वजनिक भएको विषयमा केही वेर छलफल भएको थियो । त्यसपछि देउवाले माघ २६ मै एमसीसी अगाडी वढाउन आफु लागेको बताएका थिए । प्रचण्डले भने राष्टिय सहमति नखोजी अगाडी जान नसक्ने बताएका थिए । तयसपछि त्यही छलफलवाटै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई टेलिफोन गरेर बालुवाटार बैठकको निम्तो गरेका थिए ।

त्यसपछि साँझ प्रधानमन्त्रीको आह्रवानमा प्रचण्ड र ओली सहित छलफल शुरु भएको हो ।



तीन शीर्ष नेताहरुबीचको बालुवाटर वैठकमा एमालेका महासचिव शंकर पोखरेल र सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

प्रतिक्रिया