सिटिजन्स बैंकको कल सेन्टर स्थापना

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा टेलिफोनबाटै राख्न सक्ने जनाइएको छ ।
ग्राहकहरूले टेलिफोनका साथै इमेलबाट पनि कल सेन्टरको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले नगद रहित बंैकिङ्ग, व्यक्ति उपस्थित बिनाको बैकिङ्ग, प्रणालीको स्वसञ्चालनतर्फ आफूलाई अग्रगामी बनाउदै लगेको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
कल सेन्टर सेवा हाल आठ घण्टाको लागि आरम्भ गरिएको र क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसकुमार काफ्लेले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया