शुक्रबार, चैत ६, २०८२

राप्रपामा फेरि विभाजनको संकेत

राजेन्द्र लिङ्देनलाई कमल थापाको अल्टिमेटम

कमल थापा भन्छन् : नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ

मेरोन्यूज २०७८ माघ २४ गते १४:५९

काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मा फेरि फुटको संकेत देखिएको छ । गीता छोएर नेताहरुले अव पार्टी विभाजन नहुने बताएपनि फुट रोक्ने सम्भावना करिव टरेको र नयाँ पार्टी गठनको तयारीमाम गत मंसिरमा महाधिवेशनवाट पराजित भएका कमल थापा जुटेको देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उनले सोमबार सकेधारास्थित एक पार्टी प्यालेसमा आफु पक्षिय नेताहरुसागको भेटघाट गरी त्यसको तयारीका बारेमा जानकारी गराएका छन् । तर त्यसका लागि थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन्।

उनले आफुले उठाँउदै आएको विषयमा अध्यक्ष लिङ्देन तयार नभए आफु नयाँ शिरावाट यात्रा गर्न बाध्य हुन लागेकको बताएका थिए ।

उनले अध्यक्ष लिङ्देनसामु तीन वटा माग पूरा गर्न भनेका छन् । पूर्व राजा तथा दरवारले आफुलाई हराउन भूमिका खेलेको आरोप लगाईरहेका थापाले निर्मल निवासले राप्रपालाई पहिलेदेखि नै हस्तक्षेप गरिआएको भन्दै पार्टी विभाजन गर्दा राजावादी शक्ति विभाजन हुँदो रहेछ भन्ने पनि निर्मल निवासले बुझ्नुपर्ने बताएका थिए ।

पार्टी महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपलगायत विषयबारे छलफल गरेर पार्टी नेतृत्वबाट निराकरण भयो भने आफू राप्रपामै रहने र देशैभर संगठन विस्तारका काममा लाग्ने नत्र नयाँ शिरावाट जाने पनि उनले बताए । आफुले मात्र एकतर्फी बोलेर सहभागी र निम्ताइएका नेताहरुलाई बोल्न नदिएको कार्यक्रममा थापाले कसलाई साथ दिने भन्नेमा पनि नेताहरु स्वतन्त्र रहेको बताएका थिए ।

थापाले आफुले उठाएको मागको सम्वोधन गर्न स्थानीय तहको चुनावको मिति घोषणा हुँदा सम्म तयार नभए आफु अलग्गै पार्टी बनाएर चुनावमा जाने संकेत पनि उनले भेलामा गरेका छन् ।

मंसिर २७ मा औपचारिक रूपमा अध्यक्ष लिङ्देनलाई पत्र पठाएँ तर त्यो पत्र रड्डीको टोकरीमा फाल्ने काम भयो। पदाधिकारीले छलफल प्रयास गरे पनि सुनुवाइ भएन, यसबीचमा बरू केन्द्रीय कार्यसमिति विस्तार भयो। अपरिपक्क ढंगले पार्टी सञ्चालन भएको छ। एकपक्षिय ढंगले मनोनयन भइरहेका छन्। पदाधिकारीहरू हचुवा ढंगबाट कुनै आधारविना नै मनोनयन गरिएको छ। यसरी पार्टी सञ्चालन उपर्युक्त भएन भनेर फेरि माघ १६ मा अर्को पत्र अध्यक्षलाई लेखेँ, त्यसमा पनि कुनै सुनुवाइ भएको छैन।’ थापाले भेलामा भने, अव स्थानीय तहको चुनाव घोषणा हुँदा समम पनि माग सम्वोधन नभए नयाा शिरावाट म अगाडी वढ्न बाध्य हुन्छु ।

थापाले राजसंस्थाको एजेण्डा छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका छन्।

‘सरकारले सम्भवत आजै स्थानीय तह चुनाव मिति घोषणा गर्न सक्छ। आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ,’ उनले भने, ‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुस्ख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

प्रतिक्रिया