२० लाख खर्चेर बनाइयो आफन्तको सालिक

तेह्रथुम । साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका–४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गरेका छन् ।
नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेको व्यवस्थापक मानबहादुर इमेहाङले बताए । नवीनकुमारीको बुबा–आमा तथा हरिबहादुरको सासु–ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गरेका हुन् ।
सोही अवसरमा दुई वटा विद्यालयमा स्व. चहकमान हर्करोति छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको । छथर गाउँपलिका–४ फक्चामारा हक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय र सिद्धगणेश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोषको ब्याजबाट वार्षिक बसन्त पञ्चमीको दिन आर्थिक रुपमा कम्जोर असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया