स्वस्तिश्री गुरुकुलमा बन्यो किसुनजी स्मृति संसदीय हल

काठमाडौं । काठमाडौंको सानोभरेङस्थित स्वस्तिश्री गुरुकुल आईवी वल्र्ड स्कुलमा किसुनजी स्मृति संसदीय हल निर्माण गरिएको छ ।
नवनिर्मित उक्त संसदीय हलको वसन्त पञ्चमीको अवसर पारेर आइतबार मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उदघाटन गरेका थिए ।
संसदीय हलको उदघाटन गर्दै मन्त्री श्रेष्ठले स्वस्तिश्री गुरुकुल आई. वी. वल्र्ड स्कुल भएको भन्दै बधाइ पनि दिए ।
यो विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई संसारकै उत्कृष्ट विश्वविद्यालयहरुमा सहजै भर्ना पाउने अवसर प्राप्त हुने भन्दै मन्त्री श्रेष्ठले गुरुकुल स्कुलको निकै प्रशंशा गरेका थिए ।
सरकारले शिक्षा सम्बन्धि ३ वटा कानुन बनाउन लागेको र विद्यालय शिक्षामा निजी कम्पनी, सामुदायिक र गुठीबाट माध्यमिक विद्यालय संचालन गर्न पाउने व्यवस्था गर्न लागेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
साथै, उक्त कार्यक्रममा ब्याडमिन्टन खेलका महिला जूनियर डबल तर्फ विश्व वरियताक्रममा सातौं नम्बरमा आउन सफल नेपाली खेलाडी रशिला महर्जनलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहन कार्की, विद्यालयका संस्थापक प्रबन्ध निर्देशक मिना महर्जन(चित्रकार), प्रिन्सिपल प्रा. डा. हिमलाल घिमिरे, शैक्षिक निर्देशक प्रविन मोक्तान, विद्यालय संयोजक हरिप्रसाद सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।
















नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
मोरङ ३: श्रम संस्कृति पार्टीका अमिर मगरले लिए अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया