बिहीबार, पुष १०, २०८२

ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित सेवा आरम्भ

मेरोन्यूज २०७८ माघ २४ गते १६:४५

काठमाडौं । सिटिजन्स बैंकले ललितपुरको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

सिटिजन्स बैंकले सुबानेमा यहि माघ २२ गतेबाट ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले बताए ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रवाह गरेको छ ।

प्रतिक्रिया