ललितपुरको सुबानेमा सिटिजन्स बैंकको शाखारहित सेवा आरम्भ
मेरोन्यूज
२०७८ माघ २४ गते १६:४५

काठमाडौं । सिटिजन्स बैंकले ललितपुरको बाग्मती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
सिटिजन्स बैंकले सुबानेमा यहि माघ २२ गतेबाट ९१ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले बताए ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रवाह गरेको छ ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया