काेराेनाबाट थप १३ जनाको मृत्यु, ६ हजार १४६ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ माघ २४ गते १७:२५

काठमाडौँ । नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ७४ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २२ जनामा र ३ हजार ४ सय ९१ जनामा एन्टीजेन परिक्षण गर्दा ५ सय ४८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११ हजार ८२७ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया