बार आन्दोलनको एक सय दिनः फागुन १७ गते सम्म आन्दोलन जारी रहने

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दे गरेको आन्दोलनको सोमवार एक सय दिन पूरा भएको छ ।
न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगे पनि माग पूरा नभएको भन्दै आन्दोलन जारी रहने नेपाल बार एशोशिएसन जनाएको छ ।
न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए ।
उनले आन्दोलनले एक सय दिन पुरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बारले न्यायपालिकाका विकृति, विङगति नियन्त्रणको लागि दिएका सुझावहरु कार्यान्वयन गर्न चासो नदिएको दाबी गरे ।
उनले न्यायपालिका सुधारकै विषयमा गर्न लागिएको राष्ट्रिय सम्मेलनसम्म आन्दोलन जारी रहने र त्यसपछिका कार्यक्रम सम्मेलनले नै तय गर्ने बताए ।
पत्रकार सम्मेलनमा न्यायपालिका सुधार सम्बन्धी न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि पछि छलफल गरिने जानकारी श्रेष्ठले दिए ।
न्यापालिका सुधारकै विषयलाई लिएर फागुन १५, १६ र १७ गते राष्ट्रिय सम्मेलनमा न्यायपालिका सुधार र हरिकृष्ण कार्कीको प्रतिवेदनमाथि छलफल गरिने उनले जानकारी दिए ।
फागुन १७ गते सम्मका लागि आन्दोलन निरन्तर जारी रहने र त्यसपछिको कार्यक्रम सम्मेलनले तय गर्ने श्रेष्ठले बताए ।
तीन वर्ष अगाडिदेखि नै न्यायपालिका भित्रको न्यायाधीश नियुक्तिको विषयदेखि न्याय सम्पादनमा बिचौलियाहरुको विगविगी, विसङगति, विकृतिको विषयमा बारले पटक–पटक प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउँदा पनि प्रधानन्यायधीशबाट सुनुवाई नभएको उनको भनाइ थियो ।
न्यायपालिका सुधारको लागि प्रधानन्यायाधीश जवराको वर्हिगमन हुनुपर्ने अध्यक्ष श्रेष्ठले दोहोर्याए ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया