स्वास्थ्य मन्त्रालयमा पुनः दुई सचिव, विवाद दोहोरिने संकेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव हुने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासनतर्फ एक जना सचिव पठाउने निर्णय गरेको हो ।
प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेका सचिवहरुमध्ये मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्यमा पठाउने तयारी रहेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फ एक जना र जनसंख्या हेर्ने गरी प्रशासनका एक जना सचिव पठाउने निर्णय भएको छ ।
हाल मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेल छन् । यसअघि मन्त्रालयमा दुई जना सचिव हुँदा पटक–पटक विभिन्न विषयमा विवाद हुँदै आएको थियो । उक्त विवाद बढेपछि सरकारले प्रशासनतर्फका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरेको थियो । अहिले पुनः मन्त्रालयमा दुई सचिव हुँदाको विवाद दोहोरिने देखिएको छ ।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया