स्वास्थ्य मन्त्रालयमा पुनः दुई सचिव, विवाद दोहोरिने संकेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव हुने भएको छ । सोमबार बसेको मन्त्री परिषद्को बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासनतर्फ एक जना सचिव पठाउने निर्णय गरेको हो ।
प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहेका सचिवहरुमध्ये मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्यमा पठाउने तयारी रहेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फ एक जना र जनसंख्या हेर्ने गरी प्रशासनका एक जना सचिव पठाउने निर्णय भएको छ ।
हाल मन्त्रालयमा स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेल छन् । यसअघि मन्त्रालयमा दुई जना सचिव हुँदा पटक–पटक विभिन्न विषयमा विवाद हुँदै आएको थियो । उक्त विवाद बढेपछि सरकारले प्रशासनतर्फका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरेको थियो । अहिले पुनः मन्त्रालयमा दुई सचिव हुँदाको विवाद दोहोरिने देखिएको छ ।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया