कैलालीमा वन कर्मचारीलाई मोसो दल्ने बिप्लवका कार्यकर्ता पक्राउ

कैलाली । कैलालीमा वन कर्मचारीलाई मोसो दल्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ता पक्राउ परेका छन् ।
कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनको नाम भने सार्वजनिक गरेको छैन । उनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको बताइएको छ ।
उनलाई कैलालीको पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो । उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए।
उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन् ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया