एमसीसीविरुद्ध ६ बाम पार्टीको जुलुससहित प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसहित ६ वटा साना बाम पार्टी र तिनीसँग निकट मोर्चाहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रर्दशन गर्ने भएको छ ।
साना बाम पार्टीहरूले आज दिउँसो १२ बजे काठमाडौँको माइतीघरबाट जुलुस निकालेर संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने भएको हो । यस्तै, आजै यी पार्टीले सबै जिल्लाको सदरमुकाममा संयुक्त विरोध प्रशर्दन गर्ने भएको छ ।
विरोध प्रदर्शनमा विप्लवको पार्टीसहित मोहन वैध (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सिपी मैनाली नेतृत्वको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, लगायतका पार्टी सहभागी हुने भएको हो । उक्त मोर्चाले मंगलबार देशभर कोणसभा गरेको थियो ।
यस्तै, एमसीसीविरुद्ध ‘एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति’ले आफ्नो विरोध कार्यक्रम स्थगित गरेको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै आफूहरूको विरोध कार्यक्रम स्थगित भएको समितिका संयोजक नारायण शर्माले जानकारी दिए ।

















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया