मंगलबार, पुष १५, २०८२

गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच छलफल

मेरोन्यूज २०७८ माघ २६ गते १५:२४


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ ।

गृह मन्त्रालयमा बुधबार भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे छलफल भएको थियो ।
दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन विषयमा छलफल भएको हो ।
गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ते तयारी भइरहेको छ । त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको छ । त्यसबारे सरोकारवाला दुई मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीबीच छलफल भएको हो ।


छलफलमा पर्यटन मन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए । पर्यटन क्षेत्र सुधारका लागि गृहले गर्नुपर्ने काम गर्न आफुले पहल गर्ने गृहमन्त्री खाँणको भनाई थियो ।

प्रतिक्रिया