पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
मेरोन्यूज
२०७८ माघ २६ गते १६:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा दुई हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ ।
भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।
मन्त्रालयले संक्रमणदर कम हुँदै गएपनि जोखिम कायमै रहको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न सबैसँग आग्रह गरेको छ ।
सम्बन्धित
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया