मंगलबार, पुष १५, २०८२

धानुकलाई एआइजीपी बनाउन खोजेपछि लुम्बिनीमा सत्तारुढ दलकै नेता कार्यकर्ता असन्तुष्ट

मेरोन्यूज २०७८ माघ २७ गते ९:१५


काठमाडौँ । नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रमुख भएर काम गर्दा अनुशासन र पदीय मर्यादाविपरीत काम गरेका प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) रविन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) बनाउने चलखेल सुरु भएको छ ।

गत बैशाख १९ गते डिआइजीपी धानुकले लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि तत्कालीन विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका प्रदेश सांसदहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रदेश प्रमुखको कार्यालयमा अभद्र र अमर्यादित व्यवहार गरेका थिए । धानुककै प्रत्यक्ष संलग्नतामा महिला सांसदहरूमाथि आक्रमण भएको थियो ।


प्रहरीको प्रदेश प्रमुख रहेको व्यक्तिले सामान्य शिष्टाचार र मर्यादासमेत पालना नगरी आवश्यक भन्दा बढी बल प्रयोग गरेको, सांसदहरूलाई अपमान गर्नेगरी गाली गरेको, जोर जबरजस्ती धकेल्ने लडाउने, बुटले कुल्चिने र आफू मातहतका कर्मचारीलाई पनि जसरी हुन्छ शान्तिपूर्ण आन्दोलन दबाउन निर्देशन दिएको तथा संसदीय मूल्य मान्यताविपरीत दमन गरेको भन्दै प्रदेशका सांसदहरूले दमनकर्ताको सूचीमा समावेश गरी कारबाही स्वरुप बढुवा रोक्न माग गरेका थिए ।

साथै प्रदेश सांसदहरूले धानुक लुम्बिनी प्रदेश प्रमुख रहिरहेमा पदको दुरुपयोग गरी प्रमाण नष्ट गर्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउन माग भएको थियो ।


त्यसको नेतृत्व लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदले गरेका थिए । अहिले तीनै पार्टी संघ र प्रदेशमा सत्तामा रहेको बेलामा पद थपेरै धानुकलाई एआइजीपी बनाउन लागिएको भन्दै तिव्र विरोध भएको छ ।


कांग्रेस नेता गृहमन्त्री बालकृष्ण खाणको प्रस्ताव र माओवादी नेता अर्थमन्त्री जनार्दन शर्मा भएको बेलामा दुवैको मिलेमतोमा धानुकलाई एआइजीपी बनाउने तयारी भएको भन्दै लुम्बिनी प्रदेशका कांग्रेस र माओवादीका नेता तथा सांसदहरूले विरोध गरेका हुन् ।

लुम्बिनीका नेताहरूले धानुकले दमन गरेको बेलामा कुनै पनि हालतमा बढुवा हुन नदिने चेतावनी धानुकलाई दिएका थिए । अहिले जसले चेलावनी दिएका थिए, तीनै पार्टीका नेता प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्री भएको बेलामा मेरो बढुवा हुन्छ भनेर धानुकले प्रचार समेत गर्न लागेका छन् ।

धानुकले लुम्बिनीमा मात्रै होइन, काठमाडौमा पनि पदीय मर्यादाविपरीत काम गरेका थिए । अघिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकार धानुकलाई तत्कालिन एआइजी नवराज सिलवालले संगठनको मर्यादाविपरीत काम गरेको भन्दै खोज्न पठाएका थियो ।
तर, उल्टै सिलवाललाई सूचना दिएको दिएर भगाएका थिए । त्यसपछि सरकारले उनलाई काठमाडौँबाट फिर्ता बोलाएको थियो ।

थप यो पनि पढ्नहोस्

तीन एआइजीपी थपको फाइल मन्त्रिपरिषदमा, क–कसको सम्भावना ?

प्रतिक्रिया