बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
मेरोन्यूज
२०७८ माघ २७ गते १२:२६

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो ।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले आज विहान साढे १० देखि साढे ११ बजे करिब एक घण्टा छलफल भएको जानकारी दिए ।
उनले समसामयिक विषयमा नै छलफल भएको बताए ।
आजै बिहान ९ बजे कांग्रेस नेता शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँग भेटवार्तापछि माधव नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।
सम्बन्धित
















आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया