प्रचण्ड र नेपालको अडान : अहिले एमसीसी पारित गर्न सकिँदैन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नु पर्ने बताएका थिए । तर, प्रचण्ड–नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने बताएका थिए ।
यसअघि एसीसी पारित गराउनेबारे प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । सत्ता साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबाबमा छन् ।
नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नु पर्ने पक्षमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया