जन्ती बोकेको ट्याक्टर दुर्घटना, घाइते हुनेको संख्या २३ पुग्यो
मेरोन्यूज
२०७८ माघ २७ गते १४:५६
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।
आहाले रातापानीबाट उदयपुरगढीको नेपालटार धप्पर बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले जिल्ला अस्पताल गाइघाटमा प्राथमिक उपचारपछि न्युरो हस्पिटल विराटनगर रेफर गरिएको छ ।
सम्बन्धित
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया