बलात्कार आरोपी सांसद बानियाँका छोराले भने : यस्ता करणी घटना कैयौँ ब्यहोरिसक्यौँ

जुम्ला । मुगुका सांसद मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन् । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको उनले बताएकी हुन् ।
जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाई छ । पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसकेँ, म निकै पीडित छु, अब जाहेरी फिर्ता हुँदैन, जे गर्छ कानुनले गर्छ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन ।
बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ, बानियाँका छोराले तपाईले जाहेरी दिँदैमा कुनै असर पर्दैन, यस्ता करणी घटना कैयौँ ब्यहोरिसक्यौँ, यसको कुनै तुक छैन भने ।’
पीडित महिलाले एक साताअगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएका थिइन । उनले लेखेखकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्ने छु, उहाँ नै जवाफदेही हुनु हुनेछ ।’
यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिनसमेत दबाब दिइरहेको महिलानको भनाइ छ । जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौँ भन्दै धम्क्याएका थिए । लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन ।
पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स चेकसमेत सांसद परियारसहितको टोलीले खोसेको थियो । पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे ।’
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया