मंगलबार, पुष १५, २०८२

अपडेट : गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ २८ गते ८:३१

दाङ । जिल्लाको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ ।

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रतिक्रिया