नेपालले प्राप्त गर्यो साढे ४ करोड कोरोना खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा चार करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।
शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् । प्राप्त गरिएकामध्ये तीन करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए ।
‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’
२०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए । यसको लागि आवश्यक पर्ने खोपको मौजदात सुनिश्चित गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने दाबी उनले गरे ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया