सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अबैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।
शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका-१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बारामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।
लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जानकारी दिए ।
सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ । तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सगैँ दुर्व्यसनीसमेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोवारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया