चारदेशीय ट्वान्टी–२० शृंखला : ओमानमाथि नेपालको जित

काठमाडौँ । चारदेशीय ट्वान्टी–२० शृंखलामा नेपालले जित निकालेको छ । ओमानले नेपाललाई दिएको १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो । ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो ।
दीपेन्द्रले ५३ बल खेली ८ चौका र १ छक्कासहित ७५ रन बनाए । उनीसँगैं अविजित रहेका शरद भेषावकरले ४ रन बनाए । २०१९ यता शरदको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो ।
नेपालको सुरुवात राम्रो थिएन । ओपनर प्रदीप ऐरी १४ बलमा ४ रनमात्र बनाई आउट भए । अर्का ओपनर आसिफ शेखले ११ बलमा १४ रन बनाए । ज्ञानेन्द्र मल्ल १६ बलमा १३ रन बनाई रनआउट भए । दीपेन्द्रसँग चौथो विकेटमा ४५ रन जोडेका आरिफ शेखले २० बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाए ।
अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रहि सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदिमले ३० बल खेली २ चौका प्रहार गरी ३१ रन बनाए ।
नेपालबाट अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चे । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए । सन्दीपको नेपालको कप्तानको रुपमा यो पहिलो खेल हो ।
नेपालबाट विवेक यादव र सागर ढकालल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न लागेका हुन् । सागरका लागि विर्सनलायक डेब्यु रह्यो । उनले ३ ओभरमा ३६ रन खर्चे । एक ओभर बलिङ गरेका विवेकले ५ रन खर्चे ।
ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले ओमानसँग कुशल भुर्तेल, करण केसी लगायतका खेलाडीलाई खेलाएको थिएन । नेपालले शनिबार युएईसँग खेल्ने छ ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया