कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते

काठमाडौँ । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले कोभिड १९ को जोखिम र संक्रमण न्यून हुँदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामकोे अधिवेशन हुन बाँकी छ । उल्लेखित जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने मिति तय गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए ।
जिल्ला कार्य समितिको निर्वाचन सम्पन्न भइसकेको तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही फागुन १० गतेभित्र सम्पन्न गर्न समेत समितिले सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गरेको छ ।
यसैगरी, महोत्तरी क्षेत्र ३ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकामा उक्त निर्वाचन फागुन १० गतेभित्र सम्पन्न गर्ने तय गरिएको उनले जानकारी दिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया