एकल महिला र पुरुषलाई भत्ता दिने तयारी
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ ।
गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत संकलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली संकलनका सुरु गरिएको हो ।
यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो ।
गाउँपालिका यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेको गुरुङले बताइन् । यसै वर्षबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उनको भनाई छ ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया