हराएका दुई बच्चा भेटिए
काठमाडौँ । प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका १४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
दीक्षान्तलाई जनकपुरधाम ९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । साना बच्चा हराउने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया