हराएका दुई बच्चा भेटिए
काठमाडौँ । प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका १४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।
दीक्षान्तलाई जनकपुरधाम ९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दीक्षान्त घर नजिकैबाट र सोनी जनकपुरधामस्थित जानकी मन्दिरबाट हराएको सूचना पाएलगत्तै प्रहरीले खोजतलास सुरु गरेको थियो । साना बच्चा हराउने क्रम बढेको भन्दै प्रहरीले सचेतना अपनाउन अपिल गरेको छ । बिहीबार प्रहरीले बच्चा चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।














राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया