चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ ।
नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच शुक्रबार यहाँ सम्पन्न द्विपक्षीय भेटघाटमा ती विषयमा सहमति भएको हो । कोरियाको न्याय मन्त्रालयसँगको समन्वयमा भगिनी सम्बन्धअगाडि बढाइने भएको छ ।
सो अवसरमा नगरप्रमुख गिरीले आफ्नो कार्यकालमा समृद्ध चन्द्रगिरि नगरपालिका बनाउन आवश्यक पूर्वाधार, नगरपालिकासहित वडा कार्यालयका भवन निर्माण, ऐन नियम, शिक्षा र स्वास्थ्यमा आवश्यक पूर्वाधार तयार भएको जानकारी दिए । उनले भने, “चन्द्रगिरि र कोरियाली नगरपालिकाबीचको भगिनी सम्बन्धले सांस्कृतिक अनुभव आदानप्रदान गर्न नयाँ उचाइ प्राप्त गर्ने छ ।”
छलफलमा उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा नेपाल सांस्कृतिक केन्द्र कोरियाका व्यवस्थापक जु जोड गोन, प्रचारप्रसार प्रमुख ह्यान जड ली र नेपाली प्रतिनिधि मणि गौतमको उपस्थिति थियो ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया